स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू
मकवानपुर । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको निर्वाचन आयोगले जनाएको छ । आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।
दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ । झोला, टिसर्ट, क्याप जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।










