कौडा खेलिरहेको अवस्थामा मकवानपुरगढीबाट ६ जना पक्राउ

२१ पुष २०७६, सोमबार २०:१८
कौडा खेलिरेहको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुगढी गाउँपालिका वडा नं.१ लेनडाँडाबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले कमाण्डमा खटिगएको प्रहरी टोलीले कौडा र नगदसहित पक्राउ गरेको हो ।
उनिहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।