धादिङमा मिनी ट्रक पल्टिँदा ६ जनाको मृत्यु, ३० जना भन्दा धेरै घाईते

७ माघ २०७६, मंगलवार २३:१२

धादिङमा ट्रक पल्टिँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा धेरै घाईते भएको छ । निलकण्ठ नगरपालिका-८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको छ । धादिङको ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएको धादिङ प्रहरीले जनाएको छ ।
घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।