पशुपतिमा आगलागी
पशुपतिनाथ क्षेत्रको एक मन्दिरमा आगलागी भएको छ । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि आगो लागी भएको हो ।
प्रहरीको विपद व्यवस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो । मन्दिरभित्रै मुडा बालेर बस्दा आगोलागीको जोखिम बढ्ने गरेको छ ।
यो बर्षको शिवरात्रिमा झन्डै २० लाख तीर्थयात्री पशुपतिनाथको दर्शका लागि आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।