विप्लव समुहका सदस्य हतियारसहित पक्राउ

नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भएपनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै परियारको साथबाट चन्दा अशुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जनाएको छ ।










