जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने २ सय जनाको समुह र प्रहरीबीच झडप
कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्नेहरुसँग सुरक्षाकर्मीहरु बीच झडप भएको छ । मंगलबार बिहानठूलो संख्यामा भारतबाट आएका नेपालीले जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो।
सरकारले मंगलवारदेखि लकडाउन गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाको समयमा भारतबाट फर्किएका तीन सय नेपाली गौरीफन्टा नाकामा रोकिएका छन् ।
सरकारले नाका भित्रिन नदिन निर्देशन दिएको छ । तर गौरीफन्टा नाकामा रोकिएकामध्ये केहीले ढुंगामुढा गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन् ।
अहिले गौरीफन्टा नाका बाँक्लो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रवेश गर्नेहरुलाई गन्तव्यसम्म पु¥याउन पहल भइरहेको छ जनाईएके छ । ।











