अर्को एक जनामा कोरोनाको संक्रमण
१२ चैत्र २०७६, बुधबार १८:३०
नेपालमा अर्को व्यक्तिलाई पनि कोरोनाको संक्रमण भेटिएको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।
तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका छन् ।










