कतार एयरवेजका दुई जहाजले लग्यो ६ सय ८ जना यात्रु
१५ चैत्र २०७६, शनिबार १९:३३
कतार एयरवेजका दुई वटा जहाजले नेपालमा अलपत्र यात्रु लिएर त्रिभुवन विमानस्थल छाडेका छन् । बिहान ११ः ४७ बजे र मध्यान्ह १२ः ४५ बजे कतार एयरवेजका दुई वटा जहाजले ६०८ जना पर्यटक लिएर उडेका हुन् ।
युरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका ६ सय भन्दा बढी नागरिक शनिबार नेपालबाट स्वदेश फर्किएका छन् । ती मुलुकले कतार एयरवेजको वाइडबडी जहाज चार्टड गरेर आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् ।










