कोरोनाको आशंकामा हेटौंडाको २ जनाको स्वाब काठमाडौँ पठाइने

हेटौंडाको आइसुलेसनमा भर्ना भएका २ जना विरामीको स्वाब परिक्षणको लागि काठमाडौँको पठाइने भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा हेटौँडा ४ स्थित श्रमिक माविमा रहेको आइसुलेसनमा भर्ना भएका २ जना विरामीको नमुना परीक्षणकाृ लागि काठमाडां स्थित टेकु अस्पताल पठाइने भएको हो ।
दुबै विरामीमा कोरोनाको लक्षण देखिए पनि कोरोना भए नभएको परिक्षण गर्न स्वाब आजै पठाउने तयारी गरिएको हेटौँडा अस्पतालका मेसु प्रविण श्रेष्ठ बताए ।
विरामीहरुको लक्षण कोरोना भाइरसको लक्षणसंग मिल्दो जुल्दो भए पनि परिक्षण गरेपछि मात्रै थाहा हुने डां श्रेष्ठले बताए । अहिलेसम्म मकवानपुरमा कारोनाको संक्रमणका विरामी फेला परेको छैन।










