राहत बाँड्ने विषयमा दुइ पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार १९:५२
;

राहत बाँड्ने विषयमा दुइ पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते भएका छन्।  वीरगञ्ज महानगरपालिका– १९ बरेवा गाँउमा लकडाउनले समस्यामा परेकाहरुका लागि राहत बाड्ने विषयमा झडप भएको हो । घाइतेमध्ये केहिको टाउको फुटेको छ भने कतिपयको हात भाँच्चिएको छ । घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ
। 

महानगरपालिकाले वडा नम्बर १९ मा राहत सामग्री बाँड्नका लागि मंगलबार १ लाख २५ हजार रुपैयाँ पठाएको थियो । उक्त रकमबाट राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो।

बुधबार बिहान बरेवा गाँउमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप हुँदा १९ जना घाइते भएका हुन्। 

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३र४ जनालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष सन्तोष तिवारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*