कोरोनाको संक्रमणबाट डेढ महिने शिशुको मृत्यु 

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १८:२६
;

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा डेढ महिने शिशुको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट सबैभन्दा कम उमेरको मृत्यु भएको यो पहिलो हो । 

अमेरिकाको हार्डफोर्ड क्षेत्रका उनलाई एक साता अघि अस्पताल भर्ना गरिएको थियो । मंगलबार परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो।

उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अमेरिकाको कनेक्टिकट राज्यका गर्भनर नेड लामोन्टले जनाएका छन्। उनले ट्वीट गरेर ६ साताका शिशुको ज्यान गएको सार्वजनिक गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*