कोरोना विरुद्ध लड्न प्रदेश सरकारले ३ करोडको सामग्री खरिद गर्ने

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १८:३५
;

कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि बागमती प्रदेश सरकारले तिन करोड रुपैंया बराबरको सामग्री खरिद गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र हेटौंडा मार्फत कोरोना भाइरसको संक्रमण रोकथामका लागि तिन करोड रकम बराबरको सामग्री खरिद गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालयको अनुसार आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अगाडी बढाइ सकेको र अब केहि समयमा नै संझौताको काम गरीने जनाएको छ । प्रदेशका १३ वटै जिल्लाको स्वास्थ्य कार्यालय र प्रदेश मातहतका अस्पताललाई खरिद गरिएका सामाग्री वितरण गरिने स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र हेटौंडाले जनाएको छ ।

केन्द्रले मन्त्रालयको निर्देशन अनुसार पीपीइ, एन ९५ मास्क, ग्लोवस, आइसोलेसन कक्ष र आइसीयु सेवाका लागि आवश्यक सामान खरिदका लागि प्रस्ताव आह्वान गरि सकेको जनाएको छ । 

देश अहिले विषम परिस्थितीबा गुज्रिरहेकाले सबै प्रकृया छीटो र सरल बनाइएको जनाएको छ । खरिद संझौता भएको पाँच दिन भित्रमा नै बिक्री कर्ताले सामान दाखिला गर्नेगरी काम अगाडी वढाइएको केन्द्रले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*