देशका तीन करोड जनताको ज्यान खतरामा छः बाबुराम भट्टराई 

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १९:३३
;

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशका तीन करोड जनताको ज्यान जाने खतरा रहेको बताएका छन् । वर्तमान केपी ओली सरकार सबै पाटपुर्जा खुस्केको गाडीको जस्तो अवस्थामा रहेको र यस्ले जुनसुकै बेला दुर्घटना निम्त्याउने आंशका गर्दै यस्तो बताएका हुन् । 

समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्षसमेत रहेका बाबुरामले शुक्रबार ट्विटरमार्फत कोरोनाविरुद्ध लड्न चीनबाट किनिएको औषधि खरिदकाण्डको नालीबेली बुझ्दै जाँदा वर्तमान सरकार थोत्रो गाडी जस्तो अवस्थामा पुगिसकेको बताएका छन् । 

उनले लेखेका छन्, ‘यो औषधी खरिदकाण्डको नालीबेली बुझ्दै जाँदा वर्तमान सरकार सबै पार्टपूर्जा खुस्केको दुर्घटना उन्मूख गाडी जस्तो देखिन्छ । यो दुर्घटनाले गाडी हाँक्ने नालायक र होश गुमिसकेका मान्छेहरू मात्र होइन देशका तीन करोड जनताको ज्यान जाने खतरा रहन्छ । हामी सबै डीलबाट खस्न लागेको गाडीसंगै सती जाने ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*