हेटौंडामा  ५ व्यक्तिको कोरोना परिक्षण हुदैँ

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार २२:१७
;

हेटौँडामा आजदेखि कोरोना भाईरस (केभिड १९) को परिक्षण सुरु भएको छ । आजैमात्र पाँच जनाको स्वाव परिक्षण हुँदै गरेको बागमती प्रदेश अन्र्तगतका  सामजिक विकास मन्त्रालयले जनाएको छ । 

आज शुक्रबार हेटौंडा अस्पतालबाट रिफर गरिएकी सिन्धुलीकी उषाकुमारी राईका भरतपुरमा मृत्यु भएको र उनको पनि कोरोनाको संक्रमण भएको आशंकामा नमुना परिक्षण गरिने भएको छ । उनीसहित पाँच जनाको स्वाव परिक्षण सुरु भएको सामजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुबेदीले बताए ।

हेटौँडाको किटजन्य रोथ तथा अनुसन्धान तालिम केन्दमा हिजो बिहिबारबाट सञ्चालनमा आएको ल्यावमा चितवनबाट ल्याइएको तीनजना व्यक्तिको स्वाब र मकवानपुरका २ ब्यक्तिको नमुना परिक्षण गर्ने कार्य भैरहेको छ र सो परिक्षणको रिर्पोट पनि आजै आउने सुबेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*