फ्रान्समा एकैदिन १ हजार ५३ जनाले ज्यान गुमायो, मृत्यू हुनेको संख्या साढे सात हजारभन्दा बढी
२३ चैत्र २०७६, आईतवार १७:१७
विश्वभरी महामारीको रुपमा फेलिएको कोरोना भाईरसको संक्रमणका कारण फ्रान्समा एकैदिन १ हजार ५३ जानले ज्यान गुमाएका छन् ।
फ्रान्समा हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ । एकैदिन ७ हजार ७ सय ८८ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ ।
संक्रमितमध्ये ६ हजार ८ सय ३८ गम्भीर स्थितीमा छन् । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घरसमेत फर्किसकेका छन् ।










