मकवानपुरमा लकडाउनमा गाँजा तस्करी

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार २०:३७
;

पाँच किलो लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ सानोभाबर बस्ने २२ वर्षीय अर्पण घलान रहेका छन् । 

ना २ ह ६०५१ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित मनहरी गाउँपालिका–९ जैसिङबाट पक्राउ गरिएको हो । 

गाँजासहित अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन् । 

घलानमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*