स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई
२३ चैत्र २०७६, आईतवार २१:५८
सरकारले कोरोना सम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाले आइतबार आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिईएको बताएका छन् ।
सेनाले भिडिओ कन्फरेन्समार्फत सरकारले दिएको जिम्म्मेवारी इमान्दारीसाथ पूरा गर्ने बताएको छ ।
यसअघि सरकार स्वास्थ्य सामग्री किन्न ओम्नी इन्टरनेसनल कम्पनीसँग गरिएको सम्झौता रद्द गरेको थियो।










