मन्त्रिपरिषद्को बैठक २ बजे, लकडाउनबारे छलफल हुने

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १८:११
;

लकडाउनको विषयमा छलफल गर्नका लागि २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।  मन्त्रीपरिषद्को बैठक २ बजेलाई बोलाईएको हो । बैठकले लकडाउनको समय थप्नेबारे निर्णय गर्ने स्रोतले जनाएको छ ।

सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ । आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको  बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

सुदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरिसकिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*