दुध ढुवानी सेवाको नाममा मदिरा ओसार्ने अटो प्रहरीको नियन्त्रणमा

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार १८:१६
;

लकडाउनको समयमा मदिरा ओसार्ने अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मंगलबार बिहानको समयमा  हेटौंडा उपमानगरपालिका – २ चौकिटोलमा मकवानपुरबाट खटिएको प्रहरी टोलिले ना १ ह ५३८९ को अटो नियन्त्रणमा लिइएको हो । 

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो । 

चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा रित्तो क्यानसंगै मदिराको जर्किन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार अटोमा ३ वटा रित्तो दुधको क्यान र ६ वटा घरेलु मदिराको जर्किन बरामद भएको जनाएको छ । बरामद जर्किनमा करिब एक सय ४० लिटर मदिरा रहेको जनाईएको छ । 

 । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*