कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

छिमेकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकबाट तीन जनालाई पक्राउ गरेको छ । सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–२ जौडाँडा बिजुलीको पोल गाड्ने विषयमा विवाद भएपछि स्थानिय ६७ वर्षीय ज्ञानबहादुर गिरीलाई कुटपिट गरेको आरोपमा तिन जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
स्थिानिय गिरीको जग्गामा बिजुलीको पोल गाड्ने विषयमा विवाद बढ्दै गएपछि गिरीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घाइते गिरीको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










