दोस्रो चरणको राहत वितरणको तयारीमा हेटौंंडा उपमहानगरपालिका

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १५:२५
;

हेटौंंडा उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण कार्य सकेर दोस्रो चरणको राहत वितरणको तयारी गरेको छ । पहिलो चरणको रातह वितरण सके लगतै दैनिक ज्यालादारी गर्ने मजदुरलाई प्रथमीकतामा राखेर उपमहानगरपालिकाले दोस्रो चरणमा राहत वितरण कार्यको तयारी थालेको हो । 

कोरोना भाइरस संक्रमणको जाखिम न्युनिकरणको लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरको दैनिकी समस्याग्रस्त रहेकोले अव दोस्रो चरणमा राहत वितरण गर्न लागेको हो ।

दोस्रो चरणमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई ९० हजार केजी चामल, १२ हजार केजी मुसुरोको दाल, ६ हजार केजी नुन, १२ हजार लिटर तेल, २४ हजार थान सावुन वितरण गर्ने तयारी रहेको हेटौंडा उपमहानगरपालिकाका मेयरहरिबहादुर महतले बताए । 

सबै तयारी पुरा भइ सकेको र आजबाट राहत वितरणका लागि आवश्यक सामग्री उपमहानगरपालिकाले वडामा वितरण गर्ने तयारी रहेको मेयर महतको भनाइ छ ।

उपमहानगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्यविधि अनुसारनै वडा मार्फत वितरणको तयारी गरेको र नगरमा रहेका एक परिवारले १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ पाकेट नुन, ४ वटा नुहाउने सावुन प्राप्त गर्ने मेयर महतले वताए । हेटौंडाका १९ वटै वडा अध्यक्षको नेतृत्वमा राहत वितरण गर्न लागिएको मेयर महतले वताउएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा ३ हजार १ सय परिवारलाई राहत वितरण गरीएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*