कोरोनाको कारण ८८ हजार बढीको मृत्यु, एकै दिन थपिए ८२ हजार ७ सय ३ नयाँ संक्रमित

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १४:४६
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर ८८ हजार ४ सय ४१ जनाको मृत्यु भईसकेको छ । आज बिहिबार बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् ।

चिनको बुहानबाट सुरु भएको कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामै ६ हजार ३८२ जनाको मृत्यु भएको छ ।  बुधबार एकै दिन ८२ हजार ७०३ नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार संक्रमित तीन लाख २९ हजार ७सय३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ९१६ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार नाघेको छ । मृतकको संख्या १४ हजार ७सय५१ पुगेको छ । बुधबार एकै दिन त्यहाँ ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि बुधबार युकेमा धेरैको मृत्यु भएको छ । त्यहाँ बुधबार ९३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यहाँ मृतकको संख्या ७ हजार नाघेको वल्र्डमिटरले जनाएको छ ।
यस्तै बुधबार स्पेनमा ७४७ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । इटालीमा हिजो ५४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १७ हजार ६६९ पुगेको छ ।

फ्रान्समा बुधबार ५४१ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८६९ पुगेको छ । जर्मनीमा बुधबार ३३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २३ सय पुगेको छ भने संक्रमित १ लाख १३ हजार नाघेको छ ।

यस्तै बुधबार बेल्जियममा २सय५, इरानमा १सय२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १सय४७, स्वीडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्याण्डमा ७४, क्यानाडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्याण्डमा २५, पोल्याण्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या १७८ र संक्रमितको संख्या ५९ सय १६ पुगेको छ ।

अर्को छिमेकी देश चीनमा भने बुधबार कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएन । नयाँ संक्रमित नथपिएपछि कोरोनाको उद्गम थलो चीनको वुहानको जनजीवन सामान्य बन्दै गएको छ । यहाँ ७५ दिनपछि लकडाउन हटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*