आफ्नै श्रीमतीको गोली प्रहार गरी हत्या, श्रीमन पक्राउ

बाजुरामा गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गोली प्रहार गरी गौमुल गाउँपालिक– ४ मा एक गोरख रोकायालाई पक्राउ गरेको हो ।
रोकायाले पत्नी सुन्तु रोकायालाई भरुवा बन्दुकबाट गोली हानेर बुधबार राति हत्या गरेका प्रहरीले जनाएको छ ।
उनले पत्नीलाई गोली प्रहार गर्नुको कारणमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गोरखलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । घटना बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










