प्रधानमन्त्रीलाई गाली गर्ने पक्राउ

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य मन्त्रीको मान–मर्यादामा आँच पुर्याएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क–१का २६ वर्षीय तारा नाछिरिङ, काभ्रे पनौती नगरपालिकाका ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ छन्।
उनीहरूले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको फोटो प्रयोग गरी मान मर्यादामा आँच पुर्याएको प्रहरीको जनाएको छ ।










