हेटौंडामा एक वृद्धको ज्वरोको कारण मृत्यु, स्वाब परिक्षण गरिदै

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २३:१२
;

हेटौंडाका एक वुद्धको ज्वरोको कारण मृत्यु भए पछि स्वाब परिक्षण गर्ने तयारी गरिएको छ । हेटौंडा बुद्धचोक बस्ने एक बृद्धको ज्वरोका कारण मृत्यु भएको र उनको भर्खरै हेटौंडा स्थित प्रयोगशालामा कोरोना भाइरस परिक्षणको तयारी गरीएको हो। 

परिवारका अनुसार ती व्यक्तिलाई १ साता देखि ज्वरो आइरहेको र आज मृत्यु भएको जनाएका छन् । मृत्यु भएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार कोरोनाको जांच गर्न लागिएको हो । मृतकको स्वाब परिक्षणका लागि स्वास्थ्यकर्मी घरमै पुगेर उनको स्वाब लिएका छन्। 

उनको मृत्युको कारण बारेमा जानकारी नभएको र वर्तमान समयमा कोरोना भाईरसको संक्रमण भए नभएको बारे परिक्षण गर्न लागिएको हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले बताए ।

स्वाब संकलन गरिसकिएको र परिक्षणका लागि हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा पठाईए र उनको आजै स्वाब परिक्षण गरिने बताइएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*