कलैयाका मेयरको दाल गोदाममा प्रशासनको शिल

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार २०:१२
;

जिल्ला प्रशासन कार्यालय बाराले कलैयाको एक कोल्ड स्टोरमा छापामारी ३ सय ८० बोरा दाल नियन्त्रणमा लिइ शिलबन्दी गरेको छ । जिल्लाको कलैया उप महानगरपालिकाका प्रमुख मेयर राजेश राय यादवको दाल कोल्ड स्टोरमा बारा प्रशासनले छापामारी गुणस्तरहीन दाल बिक्री वितरण गरेको भन्दै ३ सय ८० बोरा दाल नियन्त्रणमा लिइ गोदाम शिलबन्दी गरेको हो । 

बारामा गुणस्तरहीन दाल राहत स्वरुप वितरण गर्न मेयर यादवले वडा कार्यालयहरुलाई पठाएका थिए । स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरुले राहतमा गुणस्तरहीन दाल वितरण गरको गरेपछि गोदामबाट नमुना सङ्कलन गरी ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 

संकलन गरिएको दालको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि मात्र थप कारवाही अगाडी बढाइने सिडीओ पण्डितले बताए । 

देशभर कोरोना संक्रमण रोक्न लकडाउन गरे पछि दैनिक ज्यालादारी मजदुर, गरिव, असाहाय, किसानका लागि राहत बाड्न संघिय सरकारले कार्यबिधि नै बनाएर पठाएको छ तर कलैयामा भने सो कार्यबिधिको विपरीत राहतमा गुणस्तरहिन दाल वितरण गरिएको छ । 

राहतमा बिक्री नभएको ५ वर्ष पुरानो कुहिएको दाल वितरण गरेपछि मेयर यादवको चौतर्फी विरोध भएको छ । मेयर यादवले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी उपमहानगरपालिकाका तिन वटा वडा (१,७ र २०) का स्थानीयलाई राहत वितरण गर्न गोदामबाट दाल खरिद गरेका थिए । 

शुक्रबार स्थानीयको विरोधका कारण रोकिएको राहत वितरण कार्य  वडा नम्बर ७ मा भने वितरण गरिएको थियो । यस विषयमा बारा प्रशासनले घटना लगतै वडा अध्यक्ष र सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*