सनसिटी अपार्टमेन्टमा बस्ने २ हजार जनाको कोरोना परिक्षण गरिदैँ

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २०:२९
;

पेप्सीकोला टाउनप्लानिङ क्षेत्रमा रहेको सनसिटी अपार्टभमेन्टमा बस्दै आएका एकै परिवारका दुई जनामा कोरोना भाईरस संक्रमण देखिएपछि सो अपार्टमेन्टमा बस्ने सबै जनामा कोरोना परिक्षण गरिने भएको छ ।

 गत चैत ४ गते बेलायतको लण्डनबाट आएका उनीहरु सनसिटी  अपार्टमेन्टमा बस्दै आएका थिए ।  उक्त अपार्टमेन्टमा हाल करिब ५ सय परिवारका २ हजार व्यक्ति बस्दै आएको कागेश्वरी मनोहरा नगरपालिका कार्यालय स्रोतले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्दै आएका सबै जनाको कोरोना परीक्षण मंगलबारबाट नै शुरु भइसकेको जनाएको छ । चैत पहिलो हप्तादेखि अपार्टमेन्टमा आउजाउ गरेका व्यक्तिको समेत खोजी भइरहेको जनाइएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*