धारिलो हतियार देखाई १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ
१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका– १ मा आफन्तको घरबाट धनगढी फर्किँदै गर्दा किशोरीमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार मोटरसाइकलमा आएका उनीहरुले धारिलो हतियार देखाई किशोरीसँगै आएका अन्य तीन लाई कुटपिट गरेका थिए । पीडितलाई तीन सय मिटर घिसारेर लगी बलात्कार गरेका थिए।
प्रहरीले खबर पाएलगत्तै उनीहरूले प्रयोग गरेको धारिलो हतियार र मोटरसाइकलसहित वडा–४ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










