विमानस्थलको भन्सारका एक्सरे टेक्निसियन ढकालविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २१:५०
;

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राज कुमार ढकालविरूद्ध दुई करोडको भ्रष्टाचार मुद्दा दयार भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधवार उनी विरूद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको आरेप पत्रमा उनले २ करोड २ हजार ८ सय ८६ रूपैयाँ अकुत सम्पत्ति थुपारेको उल्लेख गरिएको छ । उनले पेस गरेको सम्पत्ति विवरण उनको आर्थिक हैसियत भन्दा अस्वभाविक र अमिल्दो रहेको भन्दै विगो बमोजिम जरिवाना र २ वर्षसम्मको सजाय हुनुपर्ने माग गरेको छ । 

ढकालकी श्रीमति र  लामिछानेलाई सम्पत्ति जफतको लागिमात्रै अभियुक्त बनाइएको अख्तियारले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*