सनसिटी अपार्टमेन्टका तीनमध्ये एकको कोरोना रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार २२:४६
;

कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

वैशाख १ गते र्‍यापिड टेस्टबाट कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका तीनमध्ये दुई जनाको पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आए पनि एक जनाको परीक्षण भने नेगेटिभ आएको हो ।

८१ वर्षकी आमा र ५८ वर्षका छोरा रिपोर्ट पोजेटिभ देखिए पनि बुहारीमा भने नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उक्त परिवार चैत ५ गते बेलायतबाट फर्केको थियो।

उक्त परिवारका काम गर्ने सहयोगीहरुलाई पीसीआर विधिबाट परीक्षणका लागि नमूना टेकु ल्याइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*