भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि भैरहवामा सेनाको गस्ती
लकडाउन उलंघन बढेपछि रुपन्देहीको भैरहवामा लकडाउनलाई कडाइ गरिएको छ । संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्ती बढाएको छ ।
भैरहवामा पसल संचालन हुने गरेको र बिना काम सडकमा हिँड्नेहरु बढेकाले गस्ती बढाउन आग्रह गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
सडकमा खटाइएका सेनाले अत्यावश्यक कामका लागि हिँडेका सवारीसाधनबाहेक सडकमा हिँड्ने अरुलाई कडाइ गरेको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पन्थले सीमा क्षेत्र संवेदनशील रहेका कारण भारतबाट समेत लुकिछिपी आउने क्रम नरोकिएकाले नेपाली सेनाको गस्ती बढाइएको जानकारी दिए।










