विदेशमा रहेका आफ्ना नागरिकको उद्धार गर्न सर्वोच्च अदालतको आदेश 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार २३:१०
;

वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा विदेशमा रहेका आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउनेआवश्यक व्यवस्था गर्न आदेश गरेको हो । 

विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने भन्दै सर्वोच्चे नागरिकलाई त्यसबाट जोगाउनका लागि नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न आदेश दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*