कोरोना नियन्त्रणमा खटिने कर्मचारीको दश लाखको बिमा, नाका बन्दगर्न २८ जना युवा परिचालन
कोरोना भाईरस ( कोभिड –१९) संक्रमणको रोकथाम तथा नियन्त्रण कार्यमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुको लागि १० लाखको बिमा गरिने भएको छ ।
हिमाली गाउँपालिकामा वैशाख २ र ३ गते बसेको बसेको बैठकले महामारीको समयमा खटिने स्वास्थ्यर्मी तथा कर्मचारी र पदाधीकारीहरुको लागि १० लाखको बिमा गर्ने निर्णय गरेको हो । बैठकमा हिमाली गाँउपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवी बुढा लगाएत ७ वटै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसैगरी त्यस क्षेत्रमा कोरोनाको संक्रमित भित्रिन नपाओस भन्दै सीमानाकाहरुमा थप कडाई गर्ने एवं सबै खटिने कर्मचारीलाई सक्रिय रुपमा लागू गरी विमाको प्याकेजले ठुलो राहत पुगेको गाउँपालिका कार्यालय नि.प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताएका छन् ।
यसैगरी हिमाली गाउँपालिकाले नोबेल कोरोना भाईरस रोकथामका लागि २८ जना स्थानीय यूवाहरु परिचालन गरिएको छ ।










