मकवानपुरका लायन्स तथा लियोको सहयोगमा सुरक्षाकर्मी र पैदल यात्रुलाई खाजा

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार २१:०५
;

लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रीक ३२५ बी २ नेपाल एरिया २ मकवानपुरका सबै लायन्स तथा लियो क्लवहरुले बिगत १० दिन देखि हामी छौँ अभियान संचालन गर्दै आएको छ । गत चैत ११ गते देखि सरकारले देशभर लकडाउन गरे पछि विभिन्न राहतका कार्य गर्दै आएको हेटौंडाका लायन्स तथा लियो क्लबहरुले लकडाउनको अवधिमा जहाँ आवश्यकता त्यहाँ लायन्स को नाराका साथ चोक चोकमा खटिएका सुरक्षाकर्मी तथा पैदल यात्रुहरुको अवस्थालाई मध्ये नजर गर्दै निरन्तर रुपमा खाजा तथा पानीको व्यवस्थासहित हामी छौं अभियान चलाएका हुन् । 

""

यस विषम परिस्थितिमा पनि विभिनन सुरक्षाका विधि अपनाएर भोका व्यक्तिहरुकने सेवामा खटिरहेका हेटौंडाका लायन्स सदस्यहरु बताउछन् । अभियानको मुख्य उद्देश्य नै लामो दुरीका लागि यात्रारत व्यक्तिहरुलाई खानाखाजा र पानीको असुविधा नहोस भन्नु नै रहेको लायन÷लियो  शिरीष फुयाल बताउछिन् । 

""
हेटौंडामा रहेका लायन्स तथा लियो क्लबहरुले सरकारले लकडाउन गरेको तिन हप्ता भन्दा बढी भैसकेको र लकडाउनका कारण विभिन्न ठाउँबाट आफ्नो घर फर्केका यात्रुहरुलाई विभिन्न सहयोग गरीरहेको बताउछन् । 

""

कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला सर्वसाधरणको जनजिवन अस्तव्यस्त छ । दैनिक ज्यालादारी गर्ने मजदुरहरु त झन समस्यामा परेका छन् । 

""

यो समयमा हेटौ्रंडाका लायन्स तथा लियो क्लबहरुले हाल सम्म २ हजार १ सय जना पैदल यात्रु र चोक चोकमा सुरक्षाका लागि खटिएका ९ सय सुरक्षाकर्मीलाई सेवा प्रदान गरीसकेका छन् ।

""

दैनिक एक सय देखी डेढ सय पैदल यात्रुहरुलाई खाजाको प्याकेज वितरण गरीरहेको लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपालका प्रथम भ्वाईस डिष्ट्रक गर्भनर शम्भु नकर्मीले बताउछन् ।

मकवानपुरका सबै लायन्स तथा लियोहरुको सहयोगमा यो अभियान चलिरहेको उनले बताए । हेटौंडा १ चौकीटोलमा खाजा पकाएर पैदलयात्रुहरुलाई विभिन्न नाकामा लगेर खुवाउने कार्य भैरहेको उनले बताए । 

दैनिक रुपमा हेटौंडाको बस्तिपुर, नवलपुर, चौकिटो, रातेमाटे, सिमाचोक, बुद्ध चोक, चौगडा, गढी गाउँपालिकाको गढी लगायतका क्षेत्रमा खटिएका सुरक्षाकर्मीको लागि खाजा पुर्‍याउने गरेको लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपाल एरिया २ की एरिया को–चिफ लायन टासी डोलमा तुम्वाहाङ्फेले बताइन् । हेटौंडाको बस्तिपुर, नवलपुर र रातोमाटे नाकामा भने खाजाको स्टल नै राखेको उनको भनाई छ । 

""

पहिलो चरणमा जिल्लाका विभिन्न ६ सय ७५ जना दैनिक ज्यालादारी मजदुरहरुलाई राहत तथा १ हजार ५ सय थान मास्क वितरण गरेको र दोश्रो चरणमा गत १० दिन देखी दिवा खाजाको व्यवस्था गरीरहेको तुम्वाहाङ्फेले बताइन् ।

नकर्मीका अनुसार लकडाउन अवधिभर खाजा व्यवस्थापनको कार्य निरन्तर रुपमा गर्ने र यस कार्यमा साथ सहयोग गर्ने मकवानपुरका सबै लायन्स लियो तथा सहयोगी सबै प्रति आभार प्रकट गरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*