जनकपुरधाममा दुई अपरिचित महिलाले पैसा फाल्दै भागेपछि स्थानीय त्रसित
जनकपुरधामको महावीर चोकमा दुई महिलाले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित बनेका छन् । वडा नम्बर– ४ महावीर सडक र पसल छेउमा पैसा फालेर भागेपछि स्थानीयबासी त्रसित भएका हुन्।
नीलो र हरियो रंगको साडी लगाएका दुई महिलाले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा पैसा फ्याँक्दै भागेको स्थानीयबासी बताएका छन् ।
स्थानीयले पैसा किन फालेको सोधेपछि दुबै जना त्यहाबाट भागेको बताईएको छ । त्यसपछि आफूहरूले प्रहरीलाई तत्काल खबर उनीहरूले बताए । घटनास्थलमा पुगेको प्रहरी टोलीले नोट फालिएको स्थानमा स्यानिटाइज गरेको छ ।
ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सडकमा फालिएका नोट तीन चार जनाले उठाएका छन् ।










