कतारबाट नेपाल आएका युवक एक महिनापछि क्वारेनटाइनमा

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार ००:१०
;

गत चैत ४ गते कतारबाट नेपाल आएका एक युवकलाई क्वारेन्टीनमा राखिएको छ । चन्द्रपुर नगरपालिका–१ बागमती निवासी उनलाई प्रहरी र स्वास्थ्यकर्मीको टोलीले बिहीबार क्वारेन्टीनमा राखिएको हो ।

कतार एयरवेजको फलाईट क्युूआर ६४४ बाट नेपाल  फर्केका प्रहरीले जनाएको छ । नेपाल सरकारले विदेशबाट आएकालाई अनिवार्य क्वारेनटाइनमा बस्न भने पनि ती युवक भने एक महिना देखि घर गाउँमै घुमेर बसेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन थापाले बताएका छन् । 

प्रहरी र स्वास्थ्यकर्मीको टोलीले उनलाई घरबाटै समातेर चन्द्रपुर नगरपालिका–६ स्थित एन्फाको महिला एकेडेमीको क्वारेनटाइनको भवनमा राखिएको  प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

ती युवकको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा नेगेटिभ देखिएको चन्द्रनिगाहपुर अस्पतालका निमित्त प्रमुख डाक्टर श्याम बाबु साहले बताएका छन् । 

""

ती युवकको स्वाव परिक्षणको तयारी गरिरहेको डा. साहले बताए । यदि युवकको स्वाब परिक्षणको रिर्पोट पनि नेगेटिभ आएमा युवकलाई घर पठाइने डा. साहको भनाई छ ।

ती युवकको परिवारको ४ जनाको  आइडीटी परिक्षण गर्दा सबैको नेगेटिभ नजिता आएको छ । 

जिल्लामा विदेशबाट आउने धेरै भए पनि उनीहरुले परिवार र केही जनप्रतिनिधीहरुले उनीहरुलाई घरमै लुकाउने गरेको देखिएको छ । प्रशासनलाई खबर गरे क्वारेनटाइनमा लगेर राखिदिने डरले उनीहरुले सुचना नदिने गरेको पाइएको छ । सरकारले विदेशबाट फर्कनेलाई अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्न भने पनि मानिसहरु लुकिछिपी घरमै बस्ने गरेको स्थानियको गुनासो छ ।

यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*