कोरोना सङ्क्रमित १२ जनाको आरडीटी परिक्षणमा देखिएको थिएन कोरोना

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १२:४५
;

नेपालमा १४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको सख्या ३० पुगेको छ । संक्रमित १४ मध्ये उदयपुरका १२ जनामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा कोरोना नभएको रिपोर्ट आएको खुलेको छ ।

 प्रमुख जिल्ला अधिकारी दीपक पहाडीका अनुसार एक महिना अघि आइपुगेका १२ जना भारतीय र चार जना विराटनगरका सहित १६ जनाको र्यापिट टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । 
तर उनीहरु बाहिरबाट आएका भएकाले पीसीआर विधीबाट पनि परिक्षा गरिरार्खौँ भनेर परीक्षण गर्दा उनीहरुमध्ये १२ जनामा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन् ।  

कोरोना देखिएका १२ जना र अरु चारजनासहित १६ जनालाई गएराती विराटनगरको कोरोना विशेष अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*