महशुल नतिर्ने ग्राहकलाई सेवा दिन नसक्ने इन्टरनेट सेवा प्रदायकको भनाई

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार २०:४४
;

इन्टरनेटको महसुल भुक्त्तान नगर्ने ग्रहकलाई सेवा दिन नसक्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले महशुल भुक्तानी बाँकी रहेका ग्राहकको लाइन नकाट्न गरेको निर्देशन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले कार्यान्वयन नगर्ने बताएका हुन् । 

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्राधिकरणले जारी गरेको सूचना विपरित महशुल भुक्तानी बाँकी रहेका ग्राहकलाई सेवा दिन नसक्ने स्पष्ट पारेका छन् । 

प्राधिकरणले गत बिहीबार सूचना जारी गर्दै लकडाउन अवधिभर ग्राहकले पैसा तिर्न नसके पनि  इन्टरनेट सेवा सुचारु राख्न निर्देशन दिएको थियो । तर इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसनले प्राधिकरणलाई पत्र लेख्दै शारीरिक रुपमापूर्ण अशक्त भएका घरमा कुनै घरयासी सहयोगी नभएका वृद्ध ग्राहकको हकमा मात्रै सूचनामा उल्लेख भएसरह भुक्तानी नगरे पनि सेवा सूचारु राख्ने जनाएको छ । 

विषम परिस्थितिमा पनि इन्टरनेट सेवा सुचारु राख्नुपर्ने अवस्था रहेको र इन्टरनेटको खपत बढ्दा सेवा प्रदायकहरुको आर्थिक भार थपिँदै गएको बताउदै प्राधिकरणको निर्देशन अनुसार काम गर्न नसकने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*