घरायसी विवादमा श्रीमतीले गरिन् श्रीमानको हत्या
धनकुटामा घरायसी विवादमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको छथर जोरपाटी गाउँपालिका–४ पानीट्याङ्कीमा आइतबार राति ४७ वर्षका इन्द्रबहादुर लिम्बूलाई उनकी श्रीमती ३७ वर्षीया धनमाया लिम्बूले घरायसी हतियार र दाउरा प्रहार गरी हत्या गरेकी हुन् ।
मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमतीले घरायसी हतियार र दाउराले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार बिहान लिम्बूको शव फेला परेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा र प्रहरी कार्यालय सिधुवाबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक लिम्बूको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पतालतर्फ ल्याईएको जनाएको छ ।
त्यस्तै मृतककी श्रीमती धनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिएका छन् ।










