क्वारेन्टीनबाट ३ जना फरार

हेटौडा न्युज
९ बैशाख २०७७, मंगलवार १६:३०
;

पूर्वी नवलपरासीको एक क्वारेन्टीनबाट ३ जना फरार भएका छन् । कावासोती नगरपालिका–१ मा रहेको क्वारेन्टीनबाट आज मंगलबार ३ जना फरार भएका हुन् । भारतबाट आएका १ र उनको सम्पर्कमा पुगेका २ जनासहित ३ जना क्वारेन्टीनबाट फरार भएका हुन् । 

सोमबार साँझ कावासोती–३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टीनमा राखिएका ३ जना बिहानै भागेको कावासोती–१ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिएका छन् ।

क्वारेन्टीनहरु कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेको र  नगरप्रहरीलाई समेत छलेर उनीहरू भागेका अध्यक्ष पन्तलदे बताएका छन् ।  फरार तीनै जनाको नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी कार्य भइरहेको जनाईएको छ । 

कावासोती नगरपालिकामा क्वारेन्टाइनमा राखिएकामध्ये ९ जना घर फर्किएका छन् भने ८ जना त्यहीँ निगरानीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*