धादिङमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाईते
धादिङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति चट्याङ लागेर २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङको मृत्यु भएको हो ।
घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । गम्भीर घाइते अर्का एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइते भएका चार महिला र दुई पुरुषको भुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।










