मादक पदार्थ सेवन गरी महिला माथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार २०:४६
;

मादक पदार्थ सेवन गरी महिलामाथि गालीगलौज तथा कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१३ बस्ने ५१ वर्षीय नन्दकिशोर कलौनी र उनका २४ वर्षीय छोरा जगदीशलाई पक्राउ गरेको हो । 

उनीहरुले स्थानीय गुमला चन्द, निजका छोरी अनुता र ज्योतिलाई गालीगलौज गरी कुटपिट गर्दा टाउको र हातमा चोट लागि घाइते भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताएका छन् । 

दुवै बाबु–छोरालाई पक्राउ गरी म्याद थप लिइ अनुसन्धान भइरहेको र पीडितको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*