कोरोनाको कारण विश्वभर एक लाख ९० हजार बढीको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९० हजार ६ सय ३० जनाको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार कोरोनाभाइरसका कारण बढी मृत्यु भएको देशहरुमा इटाली पनि परेको छ । इटालीमा २५ हजारा ५ सय ४९ मानिसको मृत्यु् भएको छ । त्यस्तै स्पेन २२ हजार १ सय ५७ को मृत्यु भएको छ । त्यसैगरी फ्रान्स २१ हजार ८ सय ५६ मृत्यु भएको छ भने बेलायत १८ हजार ७ सय ३८ जना रहेका छन् ।
त्यस्तै भारतमा २३ हजार संक्रमित भएका छन् भने ७ सय२१ जनाको मृत्यु भएको छ ।










