नेपालमा १६ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा हालसम्म १६ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । कूल ५१ संक्रमितमध्ये आज आइतबार सम्म १६ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा हालसम्म १६ जना निको भई डिस्चार्ज भएको जानकारी दिएका हुन्। नारायणी अस्पतालमा रहेका पुरुष १२ औं दिनमा र अन्य तीन जना १५ औं दिनमा डिस्चार्ज भएको र अरु बाँकी ३५ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
प्रवक्ता डा. देवकोटाले आजै वीरगन्जमा दुई जना संक्रमित थपिएका बताए।
नेपालभर हालसम्म दुवै परीक्षण विधिबाट गरिएको परीक्षण ५१ हजार ३ सय ६७ पुगेको छ। हालसम्म पिसिआर विधिबाट ९ हजार ९ सय ३१ जना र आरडिटी विधिबाट ४१ हजार ४ सय ३६ जनाको परिक्षण भएको छ। मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा हाल १७ हजार २५ जना रहेका छन्। यसैगरी आइसोलेसनमा काठमाडौं उपत्यकाभित्र ६ जना र उपत्यकाबाहिर १ सय ४ जना रहेका छन्।










