झापाको एक व्यक्तिमा कोरोना पुष्टी, संक्रमितको संख्या ५२ पुग्यो
१५ बैशाख २०७७, सोमबार ०१:२६

नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
झापाको राजगढ निवासी संक्रमित ती युवक अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएका छन ।










