चितवनको कोरोना विशेष अस्पतालमा अख्तियारको छापा 

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार २३:४२
;

चितवनको कोरोना विशेष अस्पतालमा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले चितवनको कोरोना विशेष अस्पतालमा अनियमितता भएको उजुरी परेपछि छापा मारेको हो ।

अस्पतालमा छापा मारेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले बताएका छन् । यस विषयमा थप अनुसन्धान लगायतका कार्य भइरहेको उनले बताए ।

सूचना अधिकारी रेग्मीका अनुसार अस्पतालमा कर्मचारीहरुले चोरी गरेको सीसीटिभी फुटेज बाहिरिएपछि छापा मारेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*