प्रहरीको कुुटाइबाट राहत लिन गएका मजदुरको कानको जाली फुट्यो
प्रहरीले जनकपुरमा एक मजदुरमाथि कुटपिट गरेको छ । प्रहरीले भारतको बिहार घर भइ जकपुरमा ठेला चलाइरहेका सुजितकुमार साहलाई प्रहरीले कुटपिट गरी कानको जाली फुटाएको हो।
लकडाउनमा जनकपुरधाम उपमहानगरपालिकाद्वार उपमहानगरपालिकाको ४ नंम्बर वडा तिरहुतिया गाछीमा वितरण भइरहेको राहत लिन पुगेकाती मजदुरलाई प्रहरीले कुटपिट गरी कानको जाली फुटाएको घटना सार्वजनिक भएको हो ।
तिहुतिया गाछीमा उपमहानगरपालिकाले वितरण गरेको राहत लिन जाँदा भिडभाड भएको भन्दै प्रहरीले लाठी प्रहार गरेको ती मजदुरले बताए । प्रहरीको लाठीबाट कानको जाली पुटेपछि प्रहरीले ती मजदुरलाई नजिकैको मेडिकलमा लगेर सामान्य उपचार पछि घर फर्काइ दिएको उनले बताए ।
जनकपुरमा २० वर्षदेखि ठेला चलाएर जीवनयापन गर्दै आइरहेका साह लकडाउनमा घरमा खाद्यान्न सकिएपछि राहत लिन गएको बेला प्रहरीको कुटपिटबाट बाँया कानको जाली पुटेको बताए ।
उनले आफूमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
घटनाका विषयमा धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले राहत लिन पुगेका ती व्यक्ति मदिरा सेवन गरेर होहल्ला गर्दा प्रहरीले एक लठ्ठी खुट्टामा हिर्काएपछि लडेर कानमा सामान्य चोट लागेको दाबी गरेका छन् ।










