अनलाइन मार्फत शिक्षकलाई प्रविधीमैत्री प्रशिक्षण कार्यक्रम

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको १२ औं सत्र सम्पन्न भएको छ । संगठनको अध्यक्ष श्रीराम दाहालको प्राविधिक व्यवस्थान तथा उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
बुधबार भएको नियमित प्रशिक्षणमा शिक्षकमा नेतृत्व क्षमता अभिवृद्धि विषयमा प्रशिक्षण भएको हो । उक्त प्रशिक्षण जुुम एपमार्फत सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रमलाई काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा. बासु सुवेदीले सहजीकरण गरेको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताए । भोलि हुने तेह्रौं सत्रमा भने देशका अन्य थप विभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।










