विश्वभर ११ लाख बढि व्यक्ति कोरोनाबाट मुक्त

विश्वमा कोरोना भाइरस संक्रमणका कारण करिब २ लाख ४४ हजार ८ सय जनाको मृत्यु भइसकेको छ भने पछिल्लो समयमा ८३ हजार भन्दा बढि संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या करिब ३४ लाख ८४ हजार १ सय ७६ पुग्दा हालसम्म ११ लाख २१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा १ लाख ७३ हजार भन्दा धेरैजना उपचारपछि निको भएका छन् । पछिल्लो एक दिनमा ३० हजार संक्रमित र १६ सय भन्दा धेरैको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या २ लाख ४५ हजार ५ सय ६७ पुगेको छ भने २५ हजार १ सय जनाको मृत्यु भएको छ ।
यस्तै, इटालीमा संक्रमितको संख्या २ लाख ९ हजार ३ सय २८ पुग्दा २८ हजार ७ सय १० जनाको मृत्यु भएको छ ।
फ्रान्समा संक्रमित १ लाख ६८ हजार ३ सय ९६ हुँदा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ ।
नेपालमा भने अहिलेसम्म ५९ जना संक्रमति फेला परेका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।










