कमाण्ड पोष्टको निर्णयः लकडाउन कार्यान्वयनमा थप कडाई
मकवानपुर प्रशासनले लकडाउन थप कडा पार्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको कमाण्ड पोष्टको बैठकले लकडाउनको अवज्ञाका घटना बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यन्वयन गर्ने भएको हो ।
तराईका जिल्लाहरुबाट मकवानपुर आउने सवारी साधनहरुमा पनि चालक र सहचालक बाहेक अन्य कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको छ ।
मकवानपुरबाट काठमाडौँ जानको लागि पास जारी नगरिने निर्णय भएको जनाएको छ । त्यसैगरी मकवानपुरका युरिया मलको अभाव भएकाले युरिया मल २५ गतेसम्ममा ल्याइने गरी पहल भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।
मकवानपुर प्रशासनले विहान ६ बजे देखि ९ बजेसम्म अत्यावश्यक सेवा बाहेक कसैलाई पनि हिडडुल गर्न नदिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुले जानकारी दिएको छ ।










